Public Notice _भूकम्प बारे जनहितमा जारी सार्वजनिक सन्देस

September 07, 2017

भूकम्प बारे जनहितमा जारी सार्वजनिक सन्देस

१. नआत्तिऊ,सचेत रहौं,सजग रहौं । कसैले भूकम्प यतिवेला आउँछ यत्रो आउँ उत्रो आउँन्छ भन्छ भने त्यो हल्ला मात्रै हो। भ्रम फैलाउनेका पछाडि कहिल्यै नलागौ। भूकम्पका बारेमा भविष्यवाणी गर्न सक्ने कुनै पनि निकाय र व्यक्ति छैन । यसकारण नसोधी,नवोली आउने भूकम्पवाट जोगिन हामी आफै तयार रहौ ।

२.ठूलो भूकम्प गइसकेपछि ससाना भूकम्पका धक्काहरु अर्थात पराकम्पनहरु आउनु स्वभाविक प्रक्रिया हो , यसकारण हामीले सचेत रहेर पराकम्पनमा विचलित नहोआंै , यदि ठूलो धक्काका कारण भवनमा क्षति पुगेको छ भने एकपटक घरको चेकजाँच गरेर मात्रै भित्र प्रवेश गरौं तर सामान्य रुपमा भवनको वाहीरी भागमा मात्र क्षति भएको  छ भने यहाँहरु ढुक्क संग घरभित्र प्रवेश गर्न सक्नु हुन्छ , थप मद्धत लिन प्राविधिकको सहयोगमा घरको चेकजाच गराउन सक्नुहुन्छ ।

३.भूकम्प पृथ्वी भित्र भइरहने नियमित हलचलको प्रक्रियाबाट उत्पन्न हुन्छ । विज्ञानले भूकम्पको भविष्यवाणी गर्न सकेको छैन यसकारण भूकम्पका बारेमा चल्ने हल्लाको पछि नलागौं  । सचेत रहौं,सजग रहौं ।

४.भूकम्प पछि विभिन्न रोगव्याधी,महामारी,तथा अन्य स्वास्थ्य सम्बन्धी समस्याले मानिसको ज्यान लिन सक्छ यसकारण यतातिर पनि सचेत रहौं । एक अर्कालाइ मद्धत गरौ हौसला र सान्त्वना वाडौ निरासा होइन हरेक व्यक्तिको जीवनमा दुख पछि सुख निश्चित छ यसकारण धैर्य गरौं, नआत्तिऔं ।

५. ठूलो महाविपत्तिका समयमा आम मानिसहरुको मनोबल कमजोर हुन्छ , यसकारण यस्तो अवस्थामा विभत्स दृष्यहरु सञ्चारका विभिन्न माध्यमहरुबाट प्रकाशन,प्रसारण नगरौ, सकारात्मक तथा आशावादी सन्देस तथा दृष्यहरु मात्रै प्रकासन तथा प्रसारण गरौं ।

टोल समुदायमा तालिमप्राप्त उद्दारकर्मीको अभावमा हुने स्वतस्फूर्त उद्दारकार्यमा एकदमै सावधानी अपनाऔं। सक्छौं मद्दत गरौं, तर हाम्रो प्रयत्नले भत्केका घर संरचनाका भग्नावशेषमा पुरिएका र थुनिएका व्यक्तिहरूलाई थप जोखिममा नपुगोस भन्ने कुरामा एकदम सावधान रहौं, सचेत रहौं।

जय नेपाल !